एचआईडिसिएलले २ करोड २१ लाख कित्ता अवितरित हकप्रद शेयर आइतबारदेखि विक्री गर्दै « Arthapath.com
२० माघ २०७९, शुक्रबार

एचआईडिसिएलले २ करोड २१ लाख कित्ता अवितरित हकप्रद शेयर आइतबारदेखि विक्री गर्दै



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यो भन्दा पहिला बिक्रीमा ल्याउदा वितरण हुन नसकेको संस्थापकतर्फको सेयर आइतबार (माघ २२ गते) देखि पुनः बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले संस्थापक तर्फकोे २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।
यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर बिक्री गर्दै आइरहेको छ ।

कम्पनीको संस्थापकतर्फको सेयर सर्वसाधारण सेयरकै मूल्यमा खरीदविक्री गर्न मिल्ने छ । प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० तोकिएको छ । उत्तल सेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्