इप्पानले जेठ ३२ गते बोलायो साधारण सभा, नयाँ कार्यसमिति चयन मुख्य एजेण्डा « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

इप्पानले जेठ ३२ गते बोलायो साधारण सभा, नयाँ कार्यसमिति चयन मुख्य एजेण्डा



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २१औं वार्षिक साधारण सभा जेठ ३२ गतेका लागि बोलाएको छ ।

काठमाडौंको हायात रिजेन्सी होटलमा विहान ९ बजे सभा सुरु हुनेछ । सभाको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले गर्नेछन् ।

सोही सभामा संस्थाको आगामी नयाँ नेतृत्व पनि चयन हुनेछ । नयाँ कार्यसमितिको चयन गर्ने भएकोले निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन उर्जा उद्यमीलाइ इप्पानले अनुरोध गरेको छ ।

हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएका छन् भने करिब १५० पुराना सदस्यहरु नविकरण भएका छन्। सदस्यता लिने कामलाई सहज बनाउन कार्यसमितिको जेठ २१ को बैठकबाट आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्