नेपाल मैदा उद्योग संघको नयाँ कार्यसमिति चयन « Arthapath.com
२३ जेष्ठ २०८०, मंगलवार

नेपाल मैदा उद्योग संघको नयाँ कार्यसमिति चयन



काठमाडौं । नेपाल मैदा उद्योग संघको जेठ २१ गते काठमाडौ म्यारीट होटल नक्सालमा सम्पन्न २३ औं बार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कुमुद कुमार दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो । सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयनका, तृतिय उपाध्यक्ष, विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाल लगायत का।स। सदस्य सहित १७ जनाको नयां कार्य समिति सर्बसम्मत चयन गरेको हो ।

उक्त सभामा विभिन्न निर्णयहरु पारित गरेको छ । मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुबिधा दिन पहल गर्र्न, नेपालमा गहुंको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालिन नीति गर्जुमा गर्ने र मैदाको कच्चा पदार्थ गहुं नेपालको उत्पादनले मात्र नपुग्ने हुंदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने निर्णय गरेको छ ।

साथै, नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगाएत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुंदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने, बैंकको ब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्र्न, उद्योगकै नाममा गहुं आयात गर्दा भन्सार दर १ प्रतिशत हुन पर्ने प्रस्ताव समेत पारित गरेको हो ।

मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा रहेको थियो । लगभग १७०० करोड लगानी रहेको मैदा उद्योगले प्रत्यक्ष रुपमा ४ हजारभन्दा बढीलाई रोजगारी दिईरहेको र किसान परिवालाई पनी फाईदा हुने हुंदा नेपाल सरकारबाट मैदा उद्योगलाई उचित संरक्षण भएमा देशको औद्योगिक क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने संघको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्