नेप्से ७.४२ अंकले घट्यो, १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

नेप्से ७.४२ अंकले घट्यो, १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार



काठमाडौं । बुधबार नेप्से ७.४२ अंकले घटेको छ । बुधबार नेप्से १,५६१.१७ को विन्दुमा बन्द भएको हो । बुधबार होटल बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् । १९५ कम्पनीको ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै सानिमा बैंकको ७ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज ९.८४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै घलेम्दी हाईड्रोका लगानीकर्ताले ७.२६ प्रतिशतका दरले गुमाएका छन् भने वरुण हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् ।

मंगलबार नेप्से ९.४२ अंकले घटेर १,५६८.५९ को विन्दुमा बन्द भएको थियो । मंगलबार १९३ कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्