बहराइनका राजकुमारले चढे मनास्लु « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

बहराइनका राजकुमारले चढे मनास्लु



बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।


सेभेन सम्मिट ट्रेक्स प्रालिका अनुसार आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको जनाएको छ ।आरोहण टोलीमा राजकुमारसहित ५० जना रहेका थिए ।


गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए।उनीहरुले यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्