एसियन लाइफको साधारणसभा पुस ४ गते, बुक क्लोज कहिले? « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

एसियन लाइफको साधारणसभा पुस ४ गते, बुक क्लोज कहिले?



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा पुस ४ गते हुने भएको छ । कम्पनीले आगामी पुस ४ गते शनिबार होटल पूजन वीरगञ्जमा ११ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई दिने लाभांश भने प्रस्ताव गरेको छैन् । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफा र नोक्सानका साथै वित्तीय विवरण पारित गर्ने बताएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम बाह्रयलेखा परिक्षक पि.आर.के एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, प्रविन राज काफ्ले एफ.सि.एलाई पारिश्रमिक वापत कर बाहेक एक लाख ८० हजार रुपैयाँ प्रदान गर्ने गरी नियुक्त गरिएकोमा उक्त सभाले अनुमोदन गर्ने छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम लेखा परीक्षक नियुत्ती र निजको पारिश्रमिक समर्थन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्