५५ करोड लागतमा मुक्तिनाथ विकास बैंकको आफ्नै भवन बन्दै, सोमबार भवन शिलन्यास « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

५५ करोड लागतमा मुक्तिनाथ विकास बैंकको आफ्नै भवन बन्दै, सोमबार भवन शिलन्यास



काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै भवन बन्न लागेको छ । विकास बैंकहरुमा सबैभन्दा पहिले आफ्नै केन्द्रीय कार्यालय बनाउने मुक्तीनाथ पहिलो बैंक हो । बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाट, आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि सोमबार भवनको शिलन्यास गरेको छ ।

बैंककले ४० आना क्षेत्रफलमा अत्यधुनिक ७ तले भवन बनाउन लागेको बैंकका अध्यक्ष भरत ढकालले बताए । २ वर्षभित्र निर्माण सम्पन्न हुने सो भवन ५५ करोड लागत लाग्ने अनुमान गरिएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका छन । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज बनाउने बेंकले जनाएको छ ।

मुक्तिनाथले ३ वर्ष अघिनै भवन बनाउने प्रयोजनको लागी जग्गा किनेको थियो । बैंकको निर्माणाधिन भवन शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्