पुसभित्रै बुक बिल्डिङबाट आईपीओ ल्याउने सर्वोत्तम सिमेन्टको तयारी, सम्भव होला ? « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

पुसभित्रै बुक बिल्डिङबाट आईपीओ ल्याउने सर्वोत्तम सिमेन्टको तयारी, सम्भव होला ?



काठमाडौँ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सेयर ल्याउनु अघि नै विवादमा तानिएको छ । सर्वोत्तमले ल्याउन खोजेको बुक बिल्डिङमा आईपीओ निष्कासन विवादमा परेपछि बजारमा पाइपलाइनमा रहेका अन्य कम्पनी पनि हच्किएका छन् । 

सर्वोत्तम सिमेन्टका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले आगामी पुसभित्रै सेयर सर्वसाधारणसामु ल्याउने बताएका छन् । बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आवेदन दिएको सो बाट स्वीकृत पाउनासाथ धितो पत्र बोर्ड जाने न्यौपानेले बताए । पुसभित्रै सेयर सर्वसाधारणमा ल्याउने बताए । 

सर्वोत्तमको सेयर विवादमा नपरेको भए यती बेला कम्तीमा आधा दर्जन कम्पनीले सेयर ल्याउने तयारी गरेका थिए । अहिले प्राय सबै कम्पनी निराश भएर बसेका छन् । बुक विल्डङमा सेयर ल्याउनु अघिनै नियमनकारी निकाय नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका हाकिमहरुलेनै आफ्नो परिवारको नाममा सस्तोमा सेयर लिएका थिए ।  

नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन खोजिएको बुक बिल्डिङ विधिमै धक्का लागेको छ । बजारमा निजी क्षेत्रका धेरै कम्पनीहरूले बुक बिल्डिङमा सेयर ल्याउन रुचि देखाएका थिए । 

सर्वोत्तम सिमेन्ट अघि बढिसकेको थियो भने अर्घाखाँची सिमेन्ट, डिस होम, अम्बे सिमेन्ट, आइएमईगायतले बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्ने प्रस्ताव गरेका थिए ।

रिलायन्स स्पिनिङ मिललगायतका कम्पनीले बुक बिल्डिङमार्फत आइपिओ ल्याउन अनौपचारिक रूपमा तयारी गरिरहेका थिए । त्यस्तै दोस्रो फेजमा आइएमई रिलायवल लाइफ, सिटिजन्स लाइफ र अन्य जलविद्युत कम्पनीले पनि बुक बिल्डिङमा ल्याउने बताएका थिए । 

सर्वोत्तमले भने धितो पत्र निष्कासनका लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको थियो । सर्वोत्तमले ६० लाख कित्ता आइपिओ जारी गर्ने प्रस्तावसमेत पारित गरिसकेको थियो । सरकारी निकायबाट अनुमति माग्न धितो पत्र बोर्डमा जाने तयारी गरिरहेका बेला धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले कम्पनीको सेयर किनेको कुरा बाहिरिएपछि कम्पनीले औपचारिक रूपमा अनुमति नमाग्दै विवादमा आएको थियो । 

नियमनकारी निकायका हाकिमहरूलाई प्रभावमा पारेर सस्तो सेयर महँगो मूल्यमा भिडाउने सर्वोत्तमको दाउमा तुषारपात लागेको छ । सर्वोत्तमले सेयर नेपाल धितो पत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई तथा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ र बजारका केही ठुला लगानीकर्तालाई सेयर अग्रिमरुप दिएको थियो । 

बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छैन । तर, धितो पत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले बजारमा रहेका अन्य कम्पनीले बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनको अनुमति माग्न आए प्रक्रिया पु¥याएर अनुमति दिने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्