को बन्ला युरोपियन च्याम्पियन ? यस्तो छ पुर्वानुमान « Arthapath.com
२८ जेष्ठ २०७८, शुक्रबार

को बन्ला युरोपियन च्याम्पियन ? यस्तो छ पुर्वानुमान



काठमाडौं । आजबाट यो वर्षको युरोपियन फुटबल च्याम्पियनशिप प्रतियोगिता सुरु हुँदै छ । पोहोर साल नै हुनुपर्ने यो प्रतियोगिता कोरोना भाइरस महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको हो । खेलको राजा भनिने फुटबलका पारखी संसारभर छन् । त्यसमा पनि युरोप र ल्याटिन अमेरिकी खेलहरु विशेष चाखलाग्दो हुन्छन् ।

युरोपको फुटबलका फ्यान संसारभर छन् । क्लब फुटबलमा त युरोप संसारको एकमात्र केन्द्र हो । यही कारण पनि हुनसक्छ, यस युरोपेली प्रतियोगितालाई कतिपय फुटबल पारखिले विश्वकमभन्दा पनि बढी महत्व दिन्छन् । यो प्रतियोगिताको पहिलो खेल आज राति पौने १ बजे सुरु हुँदै छ । यो खेल एक महिनासम्म चल्ने छ ।

यस्ता ठूला खेलमा बाजि लगाउने व्यापार पनि अहिले विश्वभर फैलिएको छ । कुन खेलमा कसले जित्छ भन्ने पुर्वानुमान गरेर बाजि लगाउने विभिन्न खेल नै हुन्छन् । संसारमा थुप्रै डेरिभेटिभ्स बजारमा समेत यस्ता बाजीहरु लगाइन्छ । नेपालमा पनि यस्तो बाजि लगाउने खेल खेलाउन त कानूनी प्रतिबन्ध छ । तर बेलाबखत प्रतिबन्धका बाबजुत पनि त्यस्ता बाजि लगाउने खेल भइरहेको भन्ने प्रहरी प्रतिवेदनमा पाइन्छ ।

खासगरी काठमाडौं ठमेल क्षेत्रमा यस्ता बाजी लगाउने थुप्रै अखडा रहेको प्रहरीले बताउँदै आएका छन् । कतिपय अवस्थामा प्रहरीले त्यस्ता बाजिका अखडामा छापामारेर मान्छेहरु पक्रने पनि गरेको छ । यो वर्षको युरो प्रतियोगितामा माछापुच्छ्रे बैंकले समेत बाजी लगाएको घोषणा गरेको छ । बैंकले पुर्वानुमान मिलाउनेमध्ये एक जनालाई ५० हजार रुपैयाँको बम्पर उपहार दिने भनेको छ ।

यही क्रममा धेरैले विस्वसनीय मान्ने एउटा पुर्वानुमान संस्था ‘दी एनालिस्ट’ले यो वर्ष फ्रान्सले च्याम्पियनशिपको उपाधि उचाल्ने संभावना सबैभन्दा ज्यादा रहेको उल्लेख गरेको छ । त्यसपछि बेल्जियम, स्पेन, जर्मनी, पोर्चुगल र इटली शीर्ष सूचीमा छन् ।

उक्त पुर्वानुमानमा प्रतियोगिताका सहभागिमध्ये झण्डै ७५ प्रतिशतले यिनै देशमध्ये एकले च्याम्पियनशिप जित्ने बताएकमा छन् । सम्वभतः यिनैमध्ये कुनै एक मुलुकले च्याम्पियनशीपको ट्रफी हात पार्ने छ ।


प्रतिक्रिया दिनुहोस्