नेप्सेमा बलेफी हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति पायो ? « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

नेप्सेमा बलेफी हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति पायो ?



काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सका अनुसार १ सय रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचीकृत भएको हो । जसमा आयोजना प्रभावित क्षेत्रका वासिन्दा लागि जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण लगानीकर्तालागि जारी गरेको १८ लाख २७ हजार ९७० कित्ता र संस्थापक शेयरधनीहरुको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर रहेका छन् ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्नका लागि बिएचएल संकेत प्रदान गरेको छ । साथै कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।


प्रतिक्रिया दिनुहोस्