इमर्जिङ्ग नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

इमर्जिङ्ग नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त



कठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरेको छ ।

साउन २० गते बसेको संचालक समितिको ७०औं बैठकले कम्पनीका मुख्य प्रबन्धक बेल्वासेलाई साउन २० गतेदेखि लागू हुने गरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेकाबेल्वासेले नेपालएसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानीप्रमुखभई ४ वर्ष काम गरेको अनुभव छ ।
मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभवभएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागतविकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्