५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सिनर्जी पावर डेभलपमेन्टले बोलायो विशेष साधारण सभा « Arthapath.com
१८ माघ २०७९, बुधबार

५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सिनर्जी पावर डेभलपमेन्टले बोलायो विशेष साधारण सभा



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विशेष साधारण सभा फागुन ४ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौ.मा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि सभा बोलाएको हो । कम्पनीले सभामार्फत जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र प्रबन्धपत्र संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी संचालक समितिलाई दिने निर्णय गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ ।

उक्त प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ माघ २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्