सुपर माई हाइड्रोपावर साधारण सभा फागुन १७ गते « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

सुपर माई हाइड्रोपावर साधारण सभा फागुन १७ गते



काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले आफ्नो साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ११औँ वर्षिक सधारण सभा फागुन १७ गते लिसरा रिसेप्सनमा विहान ११ बजे देखि गर्ने भएको छ ।

सभाले संचालक समितिले सिफारिस गरेको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने एजेन्डा हरेको छ ।

कम्पनीको चुक्ता पुँजीको १:१ हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ ।

कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनीहरूले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस र हकप्रदे आवेदन दिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्