नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२० चितवनमा « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२० चितवनमा



काठमाडौं । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक विकास गर्ने उद्देश्यले ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२०’ हुने भएको छ । चितवन एक्स्पो सेन्टरमा फागुन १६, १७ र १८ गते हुने भएको हो । उक्त अन्तर्राष्ट्रिय प्रर्दशनी नेपाल पोल्ट्री महासंघको आयोजनामा तथा फचरेक्स ट्रेड एण्ड ईभेण्टको सहकार्यमा हुन लागेको हो ।

नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायिकरण गर्ने उद्देश्यले आधुनिकयन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विषयमा छलफल हुनेछ ।

नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानलगायतका प्रत्यक्ष संलग्नतामा रहने उक्त प्रदर्शनीमा २ सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुको सहभागिता रहने छ ।

प्रर्दशनीमा नेपाली कृषकहरु नेपाल सरकार, कृषितथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालय, कृषिउद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघलगायत भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बांग्लादेशका पोल्ट्री कम्पनीहरु सहभागिता रहने छ ।


प्रतिक्रिया दिनुहोस्