पर्यटन मन्त्रीद्वारा गौतमबुद्ध विमानस्थल निरिक्षण « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

पर्यटन मन्त्रीद्वारा गौतमबुद्ध विमानस्थल निरिक्षण



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताएका छन् ।

मन्त्री भट्टराई र प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीसहितको टोलीले शुक्रबार निर्माणाधिन विमानस्थलको स्थलगत निरिक्षण गर्दै कोरोनाको बढदो सङ्क्रमणमा पनि विमानस्थलको निर्माण नरोकिएको जनाउँदै डिसेम्बरसम्म काम सक्ने गरी अहिले धमाधम काम भएको बताए । उनले विमानस्थलका केही उपकरण र उपकरण जडानगर्ने दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने तर, कोरोनाका कारण समयमा ल्याउन नसकिएकाले काममा केही ढिलाई भएको जानकारी गराए ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण गरिरहेका २१ आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने जनाउँदै भट्टराईले सबै पक्षको समन्वयमा कोरोनाको महामारीमा पनि काम नरोकिएकाले आयोजना सन्तोषजनकरुपमा अघि बढेको बताए । विमानस्थल निर्माण सकिएपछि तत्कालै सञ्चालनमा आउने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्