सोल्टी होटलको नाफा ६४ प्रतिशत घट्यो « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

सोल्टी होटलको नाफा ६४ प्रतिशत घट्यो



काठमाडौं । सोल्टी होटलले गत आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष नाफा ६४ प्रतिशत घटेको छ ।

कम्पनीले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने गत आर्थिक बर्षको चौथो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषम ८० करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १९ रुपैयाँ ५९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्