प्रथम छहरे महोत्सवको उद्घाटन डा.महतले शुक्रबार गर्ने « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

प्रथम छहरे महोत्सवको उद्घाटन डा.महतले शुक्रबार गर्ने



काठमाडौं । नुवाकोटको प्रथम छहरे ऐतिहाँसिक महोत्सव एवम् व्यापार मेलाको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले शुक्रबार गर्ने भएका छन ।

प्रथम ऐतिहाँसिक महोत्सवको उद्घाटन डा.महतले भोली शुक्रबार गर्ने आयोजक लिखु गाउँपालिकाका अध्यक्ष धुव श्रेष्ठले जानकारी दिएका छन ।महोत्सव लिखु गाउँपालिकाको कुमालठाँटीमा फागुन १४ देखि २२ गतेसम्म चल्नेछ ।

समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला, संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव गर्न लागेको महोत्सव तयारी समितिका संयोजक सानु केसीको भनाइ छ । महोत्सवमा स्थानीय कृषि सामग्री, धार्मिक तथा पर्यटकीय स्थानको प्रचार–प्रसार गरिने छ । स्थानीय झाँक्री, लाखेनाच, धामीनाच, धिमेनाच, लोकदोहोरी, खैँचडी, भजनको समेत महोत्सवको आकर्षण रहने जनाइएको छ । झन्डै दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने छ ।

लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवको व्यवस्थापन ज्योति फिल्मले गरेको छ । लिखु गाउँपालिकाका प्रमुख ध्रुव श्रेष्ठले प्रथम छहरे ऐतिहासिक महोत्सवले समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास तथा लिखुको लोककला संस्कृतिको संरक्षण गर्नेे बताएका छन । अध्यक्ष श्रेष्ठले पर्यटकीय विकास, लोककला संरक्षणका साथै लिखुको कृषि पेसालाई बजारीकरण गर्न सहयोग पुग्ने भएकोले नै लिखु गाउँपालिकाले महोत्सवको आयोजना गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्