नेपाल एयरलाइन्सका कर्मचारीले प्रधानमन्त्रीलाई भेटेर भनेः ‘पैसा थपिदिनुस्, निजिकरणको निर्णय उल्ट्याउनुस्’ « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

नेपाल एयरलाइन्सका कर्मचारीले प्रधानमन्त्रीलाई भेटेर भनेः ‘पैसा थपिदिनुस्, निजिकरणको निर्णय उल्ट्याउनुस्’



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कम्पनी मोेडेलमा लाने सरकारी निर्णय उल्ट्याउन माग गर्दै कर्मचारी ट्रेड युनियका पदाधिकारीले प्रधानमन्त्रीसँग माग गरेका छन् । नेपाल वायुसेवा निगमका कर्मचारीले हिजाे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो माग गरेका हुन् ।

अहिल सार्वजनिक संस्थानको रुपमा सञ्चालित यो अड्डालाई कम्पनीमा रुपान्तरण गरेपछि ट्रेड युनियनहरु केही कमजोर हुने छन् भने कामै नगरी सेटिङमा तलब कमाउनेले विस्तारै जागिरबाट हात धुनुपर्ने अवस्था आउन सक्छ । यही जोखिम देखेपछि नेपाल एयरलाइन्समा सक्रीय ९ वटा ट्रेड युनियनका नेताले प्रधानमन्त्रीलाई सामुहिक भेट गरेका थिए ।

गरीब जनतासँग उठाएको करको पैसा खर्चेर हजाइजहाज चलाउन राज्यले लगानी गरिरहेको छ । यस्तो मोडेलमा चलेको नेपाल एयरलाइन्सलाई थप लगानी गर्नु पर्ने माग बोकेर कर्मचारीले प्रधानमन्त्रीकहाँ डेलिगेशन लगेका हुन् ।

कर्मचारीका नेताहरुले निगमका महाप्रवन्धक डीमप्रसाद पौडेललाई तत्काल बर्खास्त गर्न महाप्रवन्धकको तलव वृद्धि रोक्न माग गरेका छन् । त्यस्तै, व्यवसायिक स्वार्थ बाझिने व्यक्तिलाई निगमको सञ्चालन समितिमा नराख्न उनीहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् । यद्यपि, उक्त विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।

उता निगमका कर्मचारी ३३ दिनदेखि आन्दोलनमा छन् । महाप्रवन्धकसँग वार्ता गर्न कर्मचारी तयार नभएपछि आन्दोलन लम्बिइरहेको छ । व्यवस्थापनले भने अहिलेकै संरचना र कर्मचारीको प्रवृत्तिले नेपाल एयरलाइन्स अगाडि बढ्न नसक्ने भन्दै कम्पनी मोडलमा जानु परेको बताएको छ ।

कर्मचारीले भने यस अघिको केपी ओली नेतृत्वको सरकार हवाई माफियाको इसारामा नेपाल एयरलाइन्सको निजिकरण गर्न उद्धत भएको आरोप लगाएका छन् । कर्मचारीहरुले कोरोना महामारीका कारण थलिएको निगमलाई सरकारले थप लगानी गरेर राहत दिनुपर्ने माग गरे ।


प्रतिक्रिया दिनुहोस्