दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण « Arthapath.com
२७ माघ २०७८, बिहीबार

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । त्यससँगै अब आधा लिटर प्याकेट दुधको मूल्य ४२.५० रुपियाँ पुगेको छ । यसअघि प्रति प्याकेट ३८ रुपियाँ थियो ।

नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो ।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले प्रति लिटर १० रुपियाँ मुल्य बढाउन माग गरेको थियो । उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण डिडिसीले गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्