स्वचालित प्रणालीमा २१ हजार बढी सवारी दर्ता, कानुन विपरित ८१ वटा मुद्दा दायर « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

स्वचालित प्रणालीमा २१ हजार बढी सवारी दर्ता, कानुन विपरित ८१ वटा मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटलाई नियन्त्रण गर्न र राजस्व संकलनलाई चुस्त बनाउन शुरु गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टममा २१ हजार ६ सय ६९ दर्ता भएका छन ।

आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट चोरी निकासी र पैठारी तथा अन्तरिक उत्पादनको परिवहन समेतलाई ट्रयाकिङ गर्न सो प्रणाली लागू गरेको हो ।

गत साउनदेखि कार्यान्वयन आएको प्रणाली भन्सारमा मालवहाक सवारी रोकेर चेकजाँच गर्नुपर्ने झन्झटबाट मुक्त भएको र आर्थिक कारोबार पारदर्शी र अनुगमन चुस्त भएको विभागले जनाएको छ ।

यस अवधिमा १८ लाख ७ सय ८४ वटा प्रेषित माल र ४१ लाख २० हजार ६ सय ५८ वटा बील इन्ट्रि भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही प्रणालीको अनुगमनका आधारमा विदेशी विनिमय अपचलन गरेको कसुरमा ८१ वटा मुद्दा दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्