पठाओ राइडरले गरे कार्यालयमा तोडफोड « Arthapath.com
१३ पुष २०७७, सोमबार

पठाओ राइडरले गरे कार्यालयमा तोडफोड



काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन ।
राइडरहरुले केही समय यता कम्पनीले कमीसन धेरै लिगेको भन्दै कार्यलयमा घेराउ गरेका थिए ।

सोमबार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाउदै गरेर्दा राइडरहरुको एक समुहले कार्यलय तोडफोड गरेको प्रहरीले जनाएको छ ।राइडरहरुले आज नै कार्यालयमा पुगी ११ बुँदे मागपत्र समेत पेश गरेका छन ।

कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन ।

तोडफोडमा संलग्न भएका केही राइडरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्