बीएस–सिक्स ३३४ सीसी जावा–पेराक आजबाट नेपालको सबै शोरूम उपलब्ध, के छन् विशेषता ? « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

बीएस–सिक्स ३३४ सीसी जावा–पेराक आजबाट नेपालको सबै शोरूम उपलब्ध, के छन् विशेषता ?



काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सनेछन् तथा अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन्, जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङका प्रस्तुत गरिएको थियो तथा यसको डिजाईन र प्रदर्शनको कारण मोटरसाइकल शोखिनहरूको मन जित्न सक्षम भएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याइ, सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ ।

जावा पेराकको सुरुवाती मूल्य रु ७ लाख ५० हजार रहेको छ । हामी पेराक अनलाइन पनि आधिकारिक वेबसाइट Jawamotorcyclesnepal बुक गर्न सक्छौं । बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भन्नुभयो, “सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरू–जावा र जवा फोर्टी टु–भन्दा बिलकुलै फरक देखिन्छ र यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्ने हुनसक्नेछ भन्नेमा हामी निश्चित छौं । सहर र राजमार्गहरूमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनु भन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकिलप्रेमीहरूमाझ सफल हुनेमा हामी विश्वस्त छौं ।”

जावाको बारेमाः

जावा चेक गणतन्त्र, पूर्व चेककोस्लोभाकियाको मोटरसाइकल ब्रान्ड हो, जसको ९० वर्ष लामो विरासतसहित जुन आफ्नो उत्कर्षका समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रो ईन्जिनियरिङ गरिएका र फरक संरचनाका मोटरसाइकलहरू निर्यात ग¥यो । यो १९६० को ो प्रारम्भमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दुईवटा पक्षहरू–यसका सुन्दर डिजाइन र सबल पर्फमेन्सको चरित्रले यसले न केवल मन जित्यो तर धेरै विश्व उपाधी÷पद्वीहरू पनि जित्यो ।

पेराकको इतिहास

पेरक नामको प्रयोग सबैभन्दा उत्प्रेरक पनि छ किनकि यो पछिल्लो शताब्दीको सबैभन्दा अन्धकारमय समयतिर फर्कन्छ जतिबेला चेकोस्लोभाकिया नाजीहरूको कब्जामा थियो र जावाको काम खतरानाक एसएसको कमान्डमा तिनीहरूका कर्मचारीका कार, डिस्प्याच बाइक र मोटरसाइकल–साइडकारको संयोजनका साथ भारी सैन्य सवारीसाधनका साथ शीर्ष अवस्थामा राखिएको थियो ।

यी सबैमा, गेस्टापोको नाकैमुनि जावा इन्जिनियरहरू जोसेफ जोजिल र रुडोल्फ व्यकोकलले डा. जे. फ्रेको समूह नेतृत्वमा आफ्नो टिम (गोप्यताको शपथ) बनाइ युद्धका कालो बादलहरू सधैंभरि रहन सक्दैन भन्ने बुझेर आफ्नो नयाँ मोटरसाइकल विकास गरेका थिए ।

चेकहरूले आफ्नो उपकेन्द्र यति प्रभावकारी ढंगले काम गरेका थिए कि उनीहरूले आफ्नो नयाँ मोटरसाइकल विकास गर्न सक्षम नभइ यसको परीक्षण पनि गरिरहेका थिए (वेहरमाच फेग्टिस् र डीकेडब्लू ब्याज लगाएर) ताकि शत्रुताको युग समाप्त भएपछि, युद्धपछि युरोपमा पूर्णत नयाँ बाइकका रूपमा जावा पहिलो हुन तयार थियो । यस बाइकलाई पेराक नाम दिइएको थियो र यसले त्यहाँबाट चेक मोटरसाइकलका लागि सफलताको लागि जग बसाल्यो ।

क्लासिक लिजेन्ड्भित्र डिजाइन टोलीद्वारा अधिकांश त्यही विधिहरू प्रयोग गरिएको थियो जुन क्लासिक मोल्डभन्दा अलि पर रहेर एकभन्दा अधिक तरिकाबाट सुक्ष्म ढंगले जाभाका लागि बनाइएको थियो । यो लामो छ, स्क्वाटर र यसका क्लासिक जोडीदार मोटरसाइकलहरूको तुलनामा यसमा पूरै फरक रुप छ । यसको पछाडिको डिस्क ब्रेक (रेयर डिस्क ब्रेक) पनि मानकको रूपमा आउँदछ जबकि साइड प्यानल र कस्टम श्राउडहरू फरक छ, जस्तो कि अगाडि र पछाडि मडगार्डहरू फरक हुन्छन् ।

म्याट ब्ल्या र ग्रे फिनिस प्लसका साथ ती गोल्डन पिनस्टे«प्सले जावा परम्परालाई अगाडि बढाउँछन्,् जबकि, तैरिँदो छालाको सिट (फ्लोटिङ लेदर स्याडल) कलाको वास्तविक काम भएजस्तो देखिन्छ । ट्यांकीमा रहेको परेका शब्द, एउटा स्पष्ट कलात्मक स्क्रिप्तमा नामांकित गरिएको छ, जुन नाम बनाउने पाँचमध्ये दुई अक्षर उल्मायुटमुनि छन् । कन्सेप्त बाइककमा अत्याधिक ध्यान दिइने स्ल्यासकट टेल सीधै खुल्ला निकास पाइपहरूमा समाप्त हुन्छ, अझै जुन शोरुम बाइकहरुमा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्