हुण्डाई फेष्टिभ डिलाईट २०७८ योजना सार्वजनिक « Arthapath.com
२४ भाद्र २०७८, बिहीबार

हुण्डाई फेष्टिभ डिलाईट २०७८ योजना सार्वजनिक



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “Hyundai Festive DELIGHT 2078” योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ Hyundai i20 गाडी, रु. ३ लाख सम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत रु. १ लाख सम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् ।
साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस चाडपर्वको मौकामा पनि “Hyundai Festive DELIGHT 2078” मार्पmत ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्