स्प्राइटले हस्तान्तरण गर्यो ४ जना विजेतालाई पल्सर मोटरसाइकल « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

स्प्राइटले हस्तान्तरण गर्यो ४ जना विजेतालाई पल्सर मोटरसाइकल



काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ । । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास ज्यु र हंसराज हुलासचन्द एन्ड को प्रा.लि.का असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकु स्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरिन् । त्यसै गरि विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिनेछ ।

त्यस्तै, यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३ को सामसङ टि.भि. र २६३ जना विजेताहरुलाई सामसुङ मोबाइल पनि प्रदान गरिएको थियो । पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामीले भने, ‘यो क्याम्पेनमा सहभागि लाखौंँमा छनिएर मैले बाइक जितेकोमा खुशी लागेको छ । यो मेरो पहिलो बाइक भएकोले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारको लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सन्चालन भएको थियो । यो क्याम्पेन दिनको महत्वपूर्ण समयमा युवाहरुलाई रिफ्रेश हुन प्रेरित गर्ने उद्धेश्यको साथ शुरु गरिएको स्प्राइटको ‘क्लियर छ’ क्याम्पेनको एउटा हिस्सा थियो । यो क्याम्पेनको टि.भि.सी.मा अनमोल के.सी. लाई छायांकन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्