रियलमी जिटी नियो ३ को DXOMARK चार्जिङ टेस्ट ईतिहासमा नयाँ रेकर्ड « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

रियलमी जिटी नियो ३ को DXOMARK चार्जिङ टेस्ट ईतिहासमा नयाँ रेकर्ड



काठमाडौं । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले DXOMARK चार्जिङ टेस्ट ईतिहासमा नयाँ रेकर्ड बनाएको छ । रियलमी जिटी नियो ३ ले विश्वव्यापी रुपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधि १५० वाट अल्ट्राडार्ट चार्जको साथ प्रिमियम मोवाईल अनुभव प्रस्तुत गरेको छ ।

यसले प्रयोगकर्ताको ब्याट्री ५ मिनेटमा ० प्रतिशत देखि ५० प्रतिशतसम्म चार्ज गर्छ र बिना कुनै अवरोध प्रकाशको गतिमा काम गर्छ । उपभोक्ताहरुका लागि उत्कृष्ट उत्पादन छनोट गर्नका लागि, DXOMARK ले जिटी नियो ३ का सुविधाहरुको हालै मूल्याङ्कन गरेको छ । पछिल्लो घोषणा अनुसार, रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सव–स्कोरको साथ DXOMARK परीक्षणमा शीर्ष स्थान बनाएको छ ।

त्यसैगरी,जिटी नियो २ ५जी र एप्पल आई फोन १३ प्रो म्याक्स क्रमशः १०१ र ७३ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ । प्रभावशाली चार्जिङ स्पीड बाहेक, सुरक्षा र स्थायित्वका पक्षहरु पनि रियलमी जिटी नियो ३ का प्राथमिकतामा छन् ।

रिमार्केवल चार्जिङ स्पीड

स्मार्टफोनको लागि फास्ट चार्जिङ प्रविधि आधुनिक प्रविधिमा सबैभन्दा महत्वपूर्ण प्रगतिहरु मध्ये एक हो, किनकी यसले उपकरणको उपयोगिता र पोर्टेबिलिटीमा सुधार गर्छ । नतिजाको रुपमा, प्रयोगकर्ताहरुले विस्तारित अवधिको लागि सार्न सक्ने क्षमताको फाइदा लिन सक्छन् र समय बचत गर्न सक्छन् ।

प्रयोगकर्ताका रुचि र आवश्यकताहरु पूरा गर्न रियलमी जिटी नियो ३ अल्ट्राडार्ट डुअल – चिपसेट सहित सुसज्जित छ । नयाँ ४ः२ हाई पावर चार्जिङ आर्किटेक्चर ले ब्याट्री चार्जिङ क्षमतामा सुधार गर्छ र स्रोतबाट चार्ज गर्दा हुने चार्जिङ क्षमताको नोक्सानलाई कम गर्छ । दोस्रो, उच्च क्षमता भएको चार्ज पम्पले चार्ज गर्दा हुने तातो घटाउँछ, कम तापक्रममा चार्ज बढी टिक्छ र चार्जिङ स्पीड राम्रोे हुन्छ ।

डुअल सेल सिरीज संरचनाको साथ, दुई २२५० एमएएच् सेलहरु सिरीजका साथ ब्याट्री भित्र जोडिएका छन्, जुन ४५०० एमएएच् बराबर छन् । डुअल सिरीज स्ट्रक्चर डिजाइनले चार्जिङ पावरलाई एउटै चार्जिङ करन्टसँग सजिलै दोब्बर बनाउन सक्छ ।
ब्याट्री सेन्स सेल भोल्टेज पत्ता लगाउने प्रविधि अपनाएर, उपकरणले ब्याट्री सुरक्षा सर्किटबाट हुने त्रुटिहरुलाई नियन्त्रण गर्दै प्रभावकारी रुपमा सेलहरुको भोल्टेज सही रुपमा पत्ता लगाउन सक्छ । यसले चार्ज गर्दा थप वास्तविक चार्जिङ रणनिति अपनाई समग्र चार्जिङ समय छोटो बनाउँछ ।

धेरै सुविधाहरु, राम्रो सुरक्षाको लागि टियूभि राइनल्याण्ड द्वारा प्रमाणित

गतिको अतिरिक्त, रियलमीले सुरक्षालाई पनि महत्व दिन्छ । स्वतन्त्र चार्जिङ चिपले ब्याट्रीमा खतरा महसुस भएमा तुरुन्तै लाइन अफ गर्दछ । ३८ सुरक्षा उपायहरुको परिणाम स्वरुप, उपकरणको सुरक्षित फास्ट चार्ज प्रणालीको लागि टियूभि राइनल्याण्डद्वारा प्रमाणित गरिएको छ । तसर्थ, रियलमी जिटी नियो ३ को प्रयोगकर्ताहरुले फास्ट चार्जिङको थ्रिल अनुभव गर्दा सुरक्षाको बारेमा चिन्ता लिनुपर्दैन ।

यसबाहेक, चार्जिङ सर्किटमा समर्पित एमसियू चार्जिङ सेक्युरिटी चिप थपिएको छ, जसले १५० वाट चार्जरलाई असामान्य चार्जिङ स्थितिको अवस्थामा सीधै बन्द गर्न सक्छ ।

ब्याट्रीको अतिरिक्त क्षमता र आयु
ब्याट्रीको आयुको सन्दर्भमा, जिटी नियो ३ ले १६०० पुरा चार्ज र डिस्चार्ज पछि ८० % भन्दा कम ब्याट्री क्षमताको साथ टिकाउ, फास्ट चार्जिङ प्रयोग गर्दछ, जुन औद्योगिक मापदण्डको दोब्बर हो । दीर्घकालिन रुपमा, यसले प्रभावकारी ब्याट्री क्षमतामा आएको गिरावटलाई धेरै कम गर्न सक्छ र लामो समयसम्म प्रयोग गरेपछि फोन लामो समयसम्म टिक्ने सुनिश्चित गर्न सक्छ ।
विशेष गरी हालको ५जी को समयमा पनमा भएको ४५०० एमएएच् ब्याट्री क्षमताले लामो समयसम्म टिक्ने ग्यारेन्टी दिन्छ, दैनिक प्रयोगमा, दु्रत चार्जले ठूलो ब्याट्रीलाई पूरक बनाउँछ र चार्जको स्पीडमा भएको वृद्विले उपकरणको दक्षता र उपयोगितालाई सशक्त बनाउँछ । जिटी नियो ३ ले दीर्घकालिन ठूलो ब्याट्रीको आयुको सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

ब्याट्री क्षमता धेरै भएको स्मार्टफोनले उत्पादनको जीवन विस्तार गर्न मात्र होईन पावर बैंकहरु जस्ता सहायक उपकरणहरुको खर्च पनि घटाउँछ । थप रुपमा, अनावश्यक असुविधा र अवरोधहरुलाई सीमित गर्दै, बलियो ब्याट्रीको साथ काम र जीवनमा पर्याप्त सहायक बन्न सक्छ । जिटी नियो ३ ले प्रयोेगकर्ताहरुलाई छिटो, सुरक्षित र टिकाउ फाइदाहरुका साथ पूर्ण ‘३ ईन वान’ अनुभव प्रदान गर्ने वाचा गर्दछ ।


प्रतिक्रिया दिनुहोस्