स्न्यापड्रागन ६८० चिपसेट प्रयोग भएको नेपालको सबै भन्दा सस्तो फोन रेडमी १० « Arthapath.com
२० असार २०७९, सोमबार

स्न्यापड्रागन ६८० चिपसेट प्रयोग भएको नेपालको सबै भन्दा सस्तो फोन रेडमी १०



काठमाडौं । अनेस्ट प्राइसमा फ्ल्यागशिप स्तरको स्पेसिफिकेशन भएको शाओमीको रेड्मी सेरिज नेपाली बजारमा निक्कै प्रख्यात छ । शाओमी नेपालले हालै नेपाली बजारमा ल्याएको रेड्मी १० ले पनि यहि कुरालाई प्रमाणित गर्दछ । एउटै उपकरणमा स्न्यापड्रागन ६८० संचालित फ्ल्यागशिप चिपसेट, ६०००एमएएचको पूरै दिन टिक्ने ब्याट्री, ६.७१ इन्चको डिस्प्ले, र ५०एमपिको डुअल रियर क्यामेरा मात्र रु. १८,९९९ मा पाइने छ ।

ब्लकबस्टर डिस्प्ले
नयाँ रेड्मी १० मा पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ एमएम मोटाइ र २०३ ग्राम तौल भएको यो फोन १७.०४ सिएम (६.७१“) डिस्प्लेको साथ तपाईको लागि उत्तम फोन हुन सक्छ ।

पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो
यसमा रहेको स्न्यापड्रागन ६८० चिपसेट बजेट र कार्यसम्पादनको आधारमा लोकप्रिय रहेको छ । एन्ड्रोइड ११ मा आधारित एमआइयूआई १३ सफ्टवेयर भएको रेड्मी १० मा ६ जिबिसम्मको र्याम र १२८ जिबि इन्टरनल स्टोरेज रहेको छ । साथै यसमा राखिएको ६००० एमएएच ब्याट्री र १८ डब्लु को फास्ट चार्जले बिना कुनै रुकावट यसको निरन्तर प्रयोग सुनिश्चित गर्दछ ।

क्यामेरा
रेड्मी १० मा अप्टिक्सको सन्दर्भमा कुल तीन सेन्सरहरू छन् । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपि प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश रहेको छ भने सेल्फी र भिडियो कलहरूको लागि ५एमपि क्यामेरा समावेश गरिएको छ । यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३०एफपिएस मा १०८०पि भिडियो खिच्न सकिन्छ ।

बाँकी विशेषताहरु
डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र ३.५ एमएम हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले ५१२ जिबि सम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन् ।

नेपालमा रेड्मी १० को मूल्य र उपलब्धता
रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध रहेका छन् ।
नेपालमा रेड्मी १० ४÷६४ जिबि संस्करणको मूल्य रु. १८,९९९र( छ। त्यस्तै, हाई–एन्ड ६÷१२८ जिबि संस्करणको मूल्य रु. २१,९९९ रहेको छ । रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्