सिप्रदी ट्रेडिङ्गको दशैं सर्भिस क्याम्प, असोज १४ गतेसम्म पाइनेछ यस्ता सुविधाहरु « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

सिप्रदी ट्रेडिङ्गको दशैं सर्भिस क्याम्प, असोज १४ गतेसम्म पाइनेछ यस्ता सुविधाहरु



काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग दशैं सर्भिस क्याम्प संचालन गरेको छ ।

कम्पनीले असोज १४ गतेसम्मका लागि उक्त सिर्भिस क्याम्प आयोजना गरेको हो । दशैंको अवसर पारेर टाटाको कमर्सियल गाडीहरुका लागि सिप्रदीको २४ वटा सर्भिस सेन्टरमा विभिन्न सेवामा छुट पाउन सकिने छ ।

कम्पनीका अनुसार टाटा जेनुइन स्पेयर पार्टसमा १० प्रतिशत छुट पाईने छ । वर्कशपमा फेरिएका पार्टहरुमा ६ महिना अथवा ५० हजारज किलोमिटरसम्मको वारेन्टीको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्पमा निःशुल्क बम्बर टु बम्बर चेकअप, लुब्रिकेन्ट्समा २० प्रतिशत छुट, एलपीओ १६१८/१५१२ बसहरुको एयर सस्पेन्सको निःशुल्क चेकअप तथा एयर सस्पेन्शनका सामानहरुमा आकर्षक छुट पनि पाईनेछ ।

यस्तै, निःशुल्क इन्जिन हेल्थ चेकअप र संजिविनी योजना अन्तर्गत इन्जिन बनाउदा ६ दिन मा गाडी तयार साथमा आकर्षक उपहार, निःशुल्क कम्पुटरद्वारा चेकजाँच, प्रि–बुकिङ्ग गरेर आएमा ४ घण्टामा सर्भिसिङ्गको तथा ४८ घन्टामा मर्मत कार्यको ग्यारेन्टीको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्