सेगवेले उपत्यकामा १० ईभी–चार्जिङ स्टेशन जडान गर्ने « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

सेगवेले उपत्यकामा १० ईभी–चार्जिङ स्टेशन जडान गर्ने



काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडानगर्ने योजना घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्ने छन् ।

सेगवेको यो शुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्ता मुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्नेछ । यो सुविधा फाइदा मुलक हुनुका साथै प्रभावकारी हुनेछ किन कीयसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ । सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

विद्युतीय सवारी साधनहरू भविष्य हुन्, त्यसैले सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालैे बजारमा ल्याएको छ । नेपालमा सेगवे ईभीस्कुटरको क्रेज बढ्दै छन, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फीचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ । यसरी ईभी सवारी साधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने भएको छ । चार्जिङ स्टेशनको स्थापनासँगैे ग्राहकहरुको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रवद्र्धन र बिक्रीगर्ने धेरै कम्पनी छन् । आई हवप्रा. लिमिटेड नेपालमा विद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनी हो । बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेशनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन् ।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशा जनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्ने छन् । सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्ड सेटर हो । उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारी साधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्तहुनेछन् ।

छोटो दुरीका लागि उपयोगी सवारी साधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्त राज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारी साधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

२०१५मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमाआएको थियो । हालविश्वको ८० राष्ट्र तथाक्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायककम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्वगर्ने थपउत्पादनहरु सिर्जना गर्नेछ । सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइहवप्रा. लि. हो ।


प्रतिक्रिया दिनुहोस्