नाडाको आन्दोलन जारी (फोटोफिचर) « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

नाडाको आन्दोलन जारी (फोटोफिचर)



काठमाडौं । नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपाल (नाडा) ले पटक पटक नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने लगायतमा माग सहित आन्दोलन गरेको छ । आज माइतिघर मण्डलामा नाडाले विभिन्न माग गर्दे धर्ना दिएको हो ।

नाडाले सवारी सहित चार वस्तुको आयात फुकुवा गरे पनि व्यवसाय गर्ने वातावरण नभएको भन्दैं आन्दोलन गरेको हो । नाडाले अटोलोन हायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशत कायम गर्नुपर्ने, बैकहरुको तरलता अभावलाई सहज बनाउन सिडि रेसियोलाई पुनरावलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु्पर्ने, निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रिया ७० प्रतिशत कायम कायम पर्ने, पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने लगायतको माग राखेको छ ।


प्रतिक्रिया दिनुहोस्