कमजोरी लुकाउन एमजीको ढाकछोप, विजुली शर्ट भएको टिप्पणी
काठमाडौं । १० दिनअघि बुढानीलकण्ठमा एमजी मोटर्सको गाडीमा आगलागी भएको घटनालाई ढाकछोप गर्न खोजिएको छ । नेपालमा उक्त ब्राण्डको गाडी आयात गर्ने कम्पनी पारामाउण्ट मोटर्सले बुधबार विज्ञप्ती निकालेर घटनालाई ढाकछोप गर्न खोजेको छ ।
कम्पनीले विज्ञप्तीमा ‘खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको/बुझिएको’ भनेको छ । चार्जमा जोडेको सवा ७ घण्ठापछि मध्येराति सवा १ बजे कसरी विजुली शर्ट भयो भन्ने कुनै तथ्य र आधार प्रस्तुत गरिएको छैन ।
पारामाउण्ट मोटर्सका अधिकारीहरुले सुरुमा यसबारे आफूहरुलाई जानकारी नभएका बताएका थिए । तर आज प्रकाशित विज्ञप्तीमा भने ‘उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन’ गर्न पुगेको भनिएको छ । स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठले उक्त दुर्घटनाको कारण नखुलेको भनिरहँदा कम्पनीले भने प्रहरीकै मुचुल्काको हवाला दिएर ‘विद्युत शर्ट भएको’ भनेको छ ।
विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुल्ला चौरमा पार्किङ गरिएको अवस्थामा पुस ९ गतेको राती गाडीमा आगलागि भएको थियो । दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजीको जेड एस इभीमा आगलागी भएको थियो । बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा भएको उक्त केही दिनयता सञ्चारमाध्यममा यसबारे विवरणहरु सार्वजनिक भएका थिए ।
यो पनि पढ्नुहोस् :
चार्जमा राखिएको एमजीको कार जलेर नष्ट, तर किन राखियो यो घटना गुपचुप ?