२७ लाखमा किन्ने होइन त हुन्डाई क्रेटा ? « Arthapath.com
२४ जेष्ठ २०८१, बिहीबार

२७ लाखमा किन्ने होइन त हुन्डाई क्रेटा ?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको हुन्डाई क्रेटा (१५८२ सीसी डिजेल) कार बिक्री गर्ने भएको छ । कम्पनीले उक्त कार जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलप मार्फत बिक्री गर्न लागेको हो ।

उक्त गाडीको २०१६ बनेको हो । बबरमहल काठमाडौंमा रहेको उक्त सवारीको रजिष्टर्ड नम्बर बा १५ च ३९९७ छ । इच्छुक व्यक्ति, संघसंस्था वा फर्म कम्पनीहरुले कम्पनीको प्रशासन शाखामा प्राप्त हुने गरि प्रतिबोलपत्र ३ हजार (फिर्ता नहुने) गरि ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न सक्नेछन् । न्युनतम कबोल मूल्य २७ लाख रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्