बजाजको नयाँ स्पोर्टी बाइकमा बेजोड आकर्षण, चुलियो युवाको चासो

काठमाडौँ । नेपालको लोकप्रिय ब्राड ‘पल्सर’ को नयाँ भर्सन धमाधम विक्री भइरहेको छ । भारतीय अटोनिर्माता बजाजको मोटरसाइकलमा ‘पल्सर’ एक भिन्न ब्राण्डको रुपमा स्थापित छ । यसको ‘एन १५०’ भर्सन हालैमात्र नेपाली बजारमा सार्वजनिक भएको थियो ।
करीव डेढ महिना अघि यो भेरियन्टको मोटरसाइकल सार्वजनिक भएसँगै धेरै राइडरले यसमा चासो देखाएको कम्पनीले जनाएको छ । बजाज मोटरसाइकल नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले १५० सीसी स्पोर्टी मोटरसाइकल पल्सर एन १५० सार्वजनिक गरेको थियो ।
नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको एचएच एण्ड कम्पनीले जनाएको छ । भारतमा भने यो मोटरसाइकलको मूल्य भारु. १ लाख १८ हजारभन्दा बढी पर्छ ।
पल्सर एन १५० निकै स्पोर्टी डिजाइनमा तयार पारिएको छ । युवा पुस्तालाई आकर्षित गर्न कम्पनीले नयाँ फ्लेबरको रुपमा यो टु ह्वीलर्स बजारमा ल्याएको हो । अहिले अपेक्षाकृत रुपमै बजारमा यसको माग बढेको कम्पनीले जनाएको छ । साथै १५० सीसीको सेग्मेन्टमा सर्वाधिक फिचर राखिएको मोटरसाइल भएको कम्पनीको दाबी छ ।
पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन जडान गरिएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ । ब्लुटुथ कनेक्टिभिटी, मोबाइल नोटिफिकेशन, राइड कनेक्ट एप जस्ता डिजिटल नेटवर्किङ सुविधा राखिएको छ । मोटरसाइलकबाटै फोनको ब्याट्री कति बाँकी छ, कसले फोन गरेको छ भनेर हेर्न समेत मिल्ने बनाइएको छ ।
यो बीएस सिक्स मोटरसाइलक हो । फ्युल इन्जेक्टर जडित यो मोटरसाइकलले पुरानो कार्बोरेटर मोटरसाइकलको तुलनामा करीव १३ प्रतिशत पेट्रोल खपत घटाउँछ ।
साथै जैविक इन्धनको खपत कम हुँदा यसले उत्सर्जन गर्ने कार्बन लगायत हानिकार ग्रीनहाउस ग्यासको उत्सर्जनमा पनि कटौति हुन्छ । तसर्थ यो मोटरसाइकल ‘फ्युल इफिसियन्ट’ र वातावरण मैत्री पनि छ ।

मोटरसाइकलमा दुई पांग्रा ट्युबलेस गरिएको छ । १६५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स भएकाले यो मोटरसाइकल खाल्डाखुल्डी बाटोमा पनि सजिलै चलाउन सकिन्छ । १४ लिटरको फ्युल ट्यांकी दिइएकाले यो मोटरसाइकलमा लामो दूरीको यात्रा गर्न पनि सजिलो पर्छ ।
कम्पनीले यो मोटरसाइकलका लागि ‘स्ट्याण्डर्ड माइलेज’ प्रतिलिटर ४८ किलोमिटर तोकेको छ । तर नेपालका पेट्रोल पम्पहरुको विस्वसनीयतामा कमी देखिनु र काठमाडौंको जाममा कुदाउनु पर्दा योभन्दा केही कम नै माइलेज दिन सक्ने हुनसक्छ ।
पल्सर एन १५० को प्रतिस्पर्धी मोटरसाइकल आरटीआर १६० को टप भेरियन्टको मूल्य ३ लाख ७४ हजार ९०० र यामाहा एफजेडएस भी ३ को मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।
स्पोर्टी लुक्स, पावरफुल इञ्जिन, सिंगल सिट र लेडिज बडीले युवा पुस्ताबीच यो मोटरसाइकल लोकप्रिय बनाएको कम्पनीले जनाएको छ ।