नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरूको लागि सर्भिस क्याम्प
काठमाडौँ । नेपाली बजारमा नेटा, सिजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सिजी मोटर्सले प्यासेन्जर भेहीकल सेगमेन्टमा नयाँ कोशेढुंगा स्थापना गरिसकेको छ ।
ग्राहकहरूको आवश्यकता र सहजता लाई लक्षित गर्दै सिजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्सले, भक्तपुरले यही आश्विन ०६ गते बाट आश्विन ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको छ ।
इच्छुक ग्राहकहरूले बिहान ०७ बजे देखी बेलुका ०८ बजेसम्म चार दोबाटो, भक्तपुर स्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन् । उक्त निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरूले स्पेर पार्टस् मा १२% छुट, गियर आयल मा १२% छुट र वाशिङ्गमा ५०% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै सिजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रामक विस्तार गरेको छ । सिजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, वीरगन्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्ती वन सहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारीसाधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ ।
सिजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ। यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ । सिजी मोटर्सको उत्कृष्ट सेवा र समर्थनले नेपाली यातायात क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको छ ।