र्‍याली अफ हिमालयाजको विजेता साहलाई ट्रफि « Arthapath.com
२० आश्विन २०८१, आईतवार

र्‍याली अफ हिमालयाजको विजेता साहलाई ट्रफि



काठमाडौँ । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साह विजयी भएको रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) को ब्राण्ड एण्ड कम्युनिकेशन अफिसर युक्ता बंसलले जानकारी दिइन् ।

यो र्‍याली असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको थियो । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट आफैँमा दुर्गम भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिब ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता आयोजना भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटरसम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

एक कार्यक्रमका बीच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटकका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा ट्रफी ग्रहण गरेका थिए ।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा दर्ता भएको सो प्रतियोगितामा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा समय, गति र दूरीका आधारमा विजेता छनोट गरिन्छ ।

अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ। नेपालको प्रतिनिधित्व मात्र नभई विजेता समेत बनेर सफलताका साथ समापना भएको सो इभेन्टले देशमा मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई दर्शाउँछ ।

र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो, जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ । यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ। इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण पनि गर्दछ । जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।

सफलता पश्चात दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’

दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो ।

दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्‍याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ। बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पुर्‍याउनेछ ।

रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । यसले सरल, स्थायी र रमाइलो सवारी अनुभव प्रदान गर्ने मोटरसाइकल उत्पादन गर्ने परम्परालाई निरन्तरता दिदै आएको छ। हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो । यसमा भएका विभिन्न क्षमता र सहनशीलताका कारण यो बाइक साहसिक यात्राका लागि विश्वभरका उत्साहीहरूको मनपर्ने बाइक बनेको छ।

र्‍याली अफ हिमालयाज चाहीँ संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो । यसले सहभागीहरूलाई हिमाली क्षेत्रका सबैभन्दा खतरनाक र मनमोहक मार्गहरूमा आफ्नो ‘सीप र सहनशीलता’को सीमा परीक्षण गर्न आकर्षित गर्दछ। इभेन्टले साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्धलाई समेत जोड दिन्छ।


प्रतिक्रिया दिनुहोस्