बीवाईडी हाई–टेक विक २०२५ : अत्याधुनिक प्रविधिसँग प्रत्यक्ष साक्षात्कार « Arthapath.com
१४ फाल्गुन २०८१, बुधबार

बीवाईडी हाई–टेक विक २०२५ : अत्याधुनिक प्रविधिसँग प्रत्यक्ष साक्षात्कार



काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । द एभरेस्ट होटलमा आगामी २७ फेब्रुअरीदेखि ४ मार्च (१५ फागुनदेखि १८ फागुन) सम्म आयोजना हुने इभेन्ट न्यू इनर्जी भेइकल्स (एनईभीज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ ।

यो इभेन्ट नेपालमा पहिलो हो । यसअघि कुनै पनि गाडी बिक्रेता कम्पनीले आफ्नो ब्राण्ड रेन्ज र टेक्नोलोजीलाई एक साथ नेपालमा प्रदर्शन गरेका छैनन् ।

कार्यक्रममा ‌औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता र प्रविधीमा रुची राख्नेहरुका सहभागी हुनेछन् । कार्यक्रममा हाई–टेक इन्टर्याक्टिभ जोन हुनेछ । जहाँ बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम लगायतको बिषयमा जानकारी पाइनेछ । स्मार्ट मोबिलिटीको भविष्य कस्तो हुनेछ भनेर बुझाउन कार्यक्रममा लाइभ डेमो समेत देखाइने आयोजकले जनाएको छ ।

यस्ता छन् विशेषता :

हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन सकिनेछ ।

नेक्स्ट–जेन भेइकल शोकेस – पर्फमेन्स र सस्टेनेबिलिटीका लागि आक्रामक रूपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न सकिनेछ ।

लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न सकिनेछ ।

एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य बारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्त्वपूर्ण जानकारी लिन सकिनेछ ।

विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक बन्न ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेट लगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य बारेमा अध्ययन अन्वेषण गर्न सकिने छ ।

बीवाइडी हाई-टेक विक २०२५ अबलोकन गर्न तपाईले टिकेट खरिद गर्नु पर्ने हुन्छ । विद्यार्थीलाई भने परिचयपत्रका आधारमा निःशुल्क प्रवेश गर्न दिइने कम्पनीले जनाएको छ । टिकट भने ई–सेवामा उपलब्ध छ । इन्ट्री टिकटको शुल्क २५० रुपैयाँ लाग्नेछ


प्रतिक्रिया दिनुहोस्