‘रिड्डारा आरडी ६’ले थाइल्याण्डमा जित्यो सर्वश्रेष्ठ इभी पिकअप अवार्ड

काठमाडौं । जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी ६ ले थाइल्याण्डमा २०२५ को सर्वश्रेष्ठ इभी पिकअप अवार्ड जितेको छ ।
रिड्डारा आरडी६ नेपालमा गत वर्ष २०२४ को नाडा अटो शोमा लन्च गरिएको थियो । थलाइल्याण्डमा प्राप्त भएको सर्वश्रेष्ठ इभी पिकअप अवार्डले आरडी६ को नवप्रवद्र्धन र दिगोपनमा विश्वास थपिएको छ ।
सीजी मोटर्सले नेपालमा रिड्डारा आरडी६ को प्रस्तुतिका साथै अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ । जिलीको राडार ब्रान्ड अन्तर्गत विकास गरिएको आरडी ६ मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (म्याप) निर्माण गरिएको हो । जुन सस्टनेबल एक्सपिरियन्स आर्किटेक्चर (एसइए) प्लेटफर्ममा आधारित छ ।
यसको मुख्य विशेषता २०० किलोवाट पर्मानेन्ट म्याग्नेट सिक्क्रोनस मोटर (पिएमएसएम) जसले २७२ पिएस र ३८४ एनएम टोक प्रदान गर्दछ । यसमा ६३ किलोवाट घण्टा लिथियम आयरन फाँस्फेट ब्याट्री जसको एनएडीसी दावी गरिएको दायरा ३७७ किमि छ । यसमा ७.२ किलोवाट एसी चार्जिङ छ । कम्पनीका अनुसार ९.५ घण्टामा १०० प्रतिशत चार्ज हुन्छ । व्हीकल–टु–लोड ६ किलोवाटसम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्नेछ ।
यस्तै, उन्नत ग्राउन्ड क्लियरन्स २२५ मिमी छ । जुन आइसीई पिकअपहरूभन्दा २० प्रतिशत बढी छ। कार्गो स्पेसः १ हजार २०० लिटर, जसमा पावर सॉकेटहरू समावेश छन्।
लेदर–र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् । यसको आकारः ५२६० मिमी (लम्बाइ), १ हजार ९०० मिमी (चौडाइ) , १ हजार ८६५ मिमी (उचाइ) र ३ हजार १२० मिमी व्हीलबेस छ । म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि–लिंक (पछाडि) छ ।
नेपालभर २२ सर्भिस सेन्टरहरु सहित, सीजी मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पाट्र्सको पहुँच सुनिश्चित गरेको छ। त्यसैगरी २४० प्लस चार्जिङ स्टेसनहरूसँग, रिड्डारा आरडी ६ ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाउछ । जसले यसलाई अन्य ब्राण्डहरू भन्दा प्रतिस्पर्धामा अरुभन्दा माथी राख्छ ।