टाटाको नयाँ गाडीहरू अब वीरगन्जमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी वीरगन्जमा लन्च गरेको छ। वीरगन्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा सफारी लन्च भएका हुन् ।
सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मदेश प्रदेश – जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग वीरगन्जमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।
अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्ने उनको भनाइ थियो।
त्यस्तै, प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगन्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए। विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ इभिको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहनु भएको र आजबाट गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको कुरा सुवोध सापकोटाले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले सिप्रदीको सेवा सुविधा देखेर अत्यन्त प्रभावित भएको बताए ।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ इभिमा सिंगल चार्जमै लामो दुरीको यात्रा – काठमाडौँ, भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने कुरामा जोड दिए।
आजबाट वीरगन्जको ग्राहकहरुले शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।