बजेटपछि झन् घट्यो आइकार भि २३ को मूल्य, ५०.९९ लाखमै सीमित गाडीमा अफर घोषणा
काठमाडौं । नेपालका लागि आइकारको आधिकारिक वितरक एसपिजि अटोमोवाइलले लोकप्रिय आइकार भि २३ मा विशेष सीमित(स्टक अफर घोषणा गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले रु। ५०।९९ लाखको पूर्व(बजेट मूल्यमा आइकार भि २३ इभी एसयुभी गडी खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य रु। ५३।९९ लाख कायम गरिएको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा सर्वाधिक रुचाइएको अफरोड आइकार को आधिकारिक बिक्री मूल्य रु। ५३।९९ लाख निर्धारण गरिएको छ।
ग्राहकहरूको रुचि र विश्वासलाई मध्यनजर राखेर कम्पनीले सीमित सङ्ख्यामा उपलब्ध स्टकका लागि आइकार भि २३ लाई पुरानै मूल्य रु। ५०।९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो।
यस विशेष अफरमार्फत ग्राहकहरूले रु। ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य रु। ५३।९९ लाख अनुसार हुनेछन्।
रेट्रो(प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९।९३ किलोवाट ब्याट्री क्षमता, ४०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमी ग्राउन्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली भ्ख् पारखीहरूको रोजाइको गाडी बनाएको छ।














