कामना सेवाले ल्यायो ‘कामना सेवा कस्टुमर डे’ « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

कामना सेवाले ल्यायो ‘कामना सेवा कस्टुमर डे’



काठमन्डौं। कामना सेवा बिकास बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केसबिबिएल केयर’ फेबरुअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘ कामना सेवा कस्टुमर डे’ कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहक महानुभावहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण ग्राहक महानुभावहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहक महानुभावहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताए ।


प्रतिक्रिया दिनुहोस्