कामना सेवा विकास बैंकद्वारा दशौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

कामना सेवा विकास बैंकद्वारा दशौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी नपा. वडा नंं ७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

डाक्नेश्वरी नपा वडा नंं ७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रिय सभापति भगवती यादव तथा डाक्नेश्वरी नपा. वडा नं. ७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्