प्रतिकित्ता १३० रुपैयाँमा एनसीसी बैंकको १ लाख कित्ता शेयर लिलामीमा « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

प्रतिकित्ता १३० रुपैयाँमा एनसीसी बैंकको १ लाख कित्ता शेयर लिलामीमा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १ लाख कित्ता शेयर लिलामीमा बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकिनेछ ।

बिक्रीमा ल्याएको शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जोकोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरि जेठ ४ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार मार्ग कमलादी काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गरि आवेदन दिनु पर्नेछ ।

तोकिएको अवधि भित्र प्राप्त आवेदन जेठ ५ गते बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार मार्ग कमलादी काठमाडौमा खोलिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्