बैंक अफ काठमाण्डूका ग्राहकले विभिन्न स्थानहरुमा ४५% सम्मको विशेष छुट « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

बैंक अफ काठमाण्डूका ग्राहकले विभिन्न स्थानहरुमा ४५% सम्मको विशेष छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ नयाँ सुविधा विस्तारमा तिब्रता दिएको छ । बैंकको आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिश सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो र बगैचा, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मिठो रेस्टुरेन्ट र थकाली किचन वित्र्तामोडमा १० प्रतिशत, नोबेल होटल एण्ड स्विमिङ कम्प्लेक्स प्राली इमाडोलमा १० प्रतिशत, बैठक बिन्दु रेस्टुरेन्ट र बार वित्र्तामोडमा ५ प्रतिशत, होटल अर्थ लाइट प्राली सौरहा चितवनमा २० प्रतिशत, चिकन स्टेशन इमाडोलमा १० प्रतिशत तथा सोल्मारी रेस्ट्रो एण्ड मिटिंग प्रा. लिमिटेडइमााडोलमा १५ प्रतिशत छुट पाउनुहुनेछ ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी वित्र्तामोडमा १० प्रतिशत, रामजानकी अस्पताल प्राली जनपुरमा १५ प्रतिशत तथा नमो मनकामना डेन्टल एण्ड क्लिनिक प्रा. लिमिटेड इमाडोलमा २५ प्रतिशत छुटको ब्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको टनाशाफ फैशन स्टुडियो मा ५ प्रतिशत छुट पाउनेछन् । । जिम÷फिटनेस सेन्टर अन्र्तगत आकार फिटनेस जिम ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नुहुनेछ । यसको विस्तृत विवरण बैंकको वेवसाइट मा उपलब्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्