कुमारी बैंकको १६ वर्षे लाभांश इतिहाँस : कुन वर्ष कति बाँड्यो ? « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

कुमारी बैंकको १६ वर्षे लाभांश इतिहाँस : कुन वर्ष कति बाँड्यो ?



काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

असोज १४ गते शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकका सेयरधनीहरुले बोनस सेयर भने पाउने छैनन् । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसंग मर्जर सम्झौता गरेको छ । मर्जरमा जान लागेकाले हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।

यी दुवै बैंक स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो । मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ । एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ ।

हाल कुमारी बेंकको कुल पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ । मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् । बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३÷३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।

यस्तो छ बैंकको १६ वर्षे लाभांश इतिहाँस :

Tags :

प्रतिक्रिया दिनुहोस्