राष्ट्रिय वाणिज्य बैकमा बाँकी रहेको कर्मचारी भर्ना प्रक्रिया आगामी चैतसम्म पदस्थापना हुने « Arthapath.com
१० माघ २०७९, मंगलवार

राष्ट्रिय वाणिज्य बैकमा बाँकी रहेको कर्मचारी भर्ना प्रक्रिया आगामी चैतसम्म पदस्थापना हुने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले बाँकी रहेको कर्मचारी भर्ना प्रक्रिया आगामी चैतसम्म पुरा गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले बताए ।

बैंकको ५८औं वार्षिकोत्सबको अवसरमा सीईओ श्रेष्ठले बैंकमा लामो समयदेखि रोकिएको कर्मचारी भर्ना प्रकृया यस वर्ष देखि सुचारु हुन थालेको जानकारी गराए ।

सोही अवसरमा सीईओ श्रेष्ठले गत आर्थिक वर्षमा प्रकाशित विज्ञापन बमोजिम यस पटक बैकमा ८३६ जना नयाँ कर्मचारीको भर्ना प्रकृया पनि चालु अवस्थामा रहेको र पौष मसान्त सम्म ४६३ जना नयाँ कर्मचारीहरुको भर्ना प्रकृया सम्पन्न भई पदस्थापना समेत भई सकेको बताए ।

उनका अनुसार बाँकी पदहरु पनि आगामी चैत मसान्तसम्म पदस्थापना हुनेगरी प्रकृया अगाडि बढिरहेको जानकारी दिए । नयाँ कर्मचारीहरुको भनां प्रक्रिया पूर्ण भएपछि बैंकको कर्मचारीहरुको औसत आयु ३६ वर्ष रहने छ ।


प्रतिक्रिया दिनुहोस्