नेपाल बैंकर्स संघ भन्यो ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’ « Arthapath.com
१० माघ २०७९, मंगलवार

नेपाल बैंकर्स संघ भन्यो ‘ऋण लगे पछि तिर्दैनौं भन्न मिल्दैंन’



काठमाडौं । नेपाल बैंकर्स संघले मंगलबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गर्दै उधोगिहरुले ऋण तिर्दैनौं भन्न नमिल्ने बताएको छ ।

उक्त अन्तक्रिया कार्यक्रमा बोल्दैं संघका अध्यक्ष सुनिल केसीले विश्वका धेरै देशको उद्योगधन्दाहरु अहिले समस्यामा रहेको र नेपालमा मात्रै उद्योग व्यवसाय राम्रो हुनुपर्ने भन्न मिल्छ भन्ने प्रश्न गरेका थिए ।

ब्यवसायीहरुले बैंकबाट ऋण लिएपछि त्यसको ब्याज र ऋण तिर्दिनँ भन्न नमिल्ने उनको तर्क थियो । अहिले ब्याजदरको विषयलाई लिएर आयौ उद्योगीहरु आन्दोलित भइरहेको छन् । अध्यक्ष केसीले “अहिले देशको अवस्था नै त्यस्तै छ । सबैले अवस्था बुझेर नै काम गर्नु पर्ने छ । बैंकले अहिले कमाएको नाफा त्यति राम्रो छैन । ४ वर्ष अघि नै बैंकहरुले अहिलेको जति नाफा कमाएका थिए ।’

कोरोनाको समय र कोरानापछि बैंकले ब्याजदर वृद्धि गरेको भन्दै विरोध गर्दै आएका छन् । पुष मसान्तसम्मको तथ्यांक हेर्दा आधार दर वृद्धि हुँदै गएको छ । आधार दर हेर्दा तत्काल नै ब्याजदर घट्ने अवस्था छैन् । आधार दरका आधार ३ महिना अर्थात बैशाख देखि ब्याजदरमा समेत परिवतृन गरेर जाने सघ भनेको छ ।

अध्यक्ष केसीले बैंकहरुले अस्वभाविक ब्याजदर बढाए भन्ने आरोप लागे पनि त्यसमा सत्यता नभएको बताए । कोभिडपछि अमेरिका जस्तो देशमा २/३ प्रतिशतमा रहेको ब्याजदर ८ प्रतिशतसम्म पुगेको अवस्थामा नेपालमा कर्जाको औसत ब्याजदर कोभिड अगाडिको भन्दा १ प्रतिशत विन्दुले मात्रै माथि पुगेको उनले बताए । ‘असल वर्गमा वर्गीकरण भएको कर्जालाई १ प्रतिशत प्रोभिजन गर्नुपर्नेमा त्यसलाई बढाएर १.३ प्रतिशत पुर्‍याइयो । खराब कर्जा बढ्दा प्रोभिजन बढे्को छ । जसले बैंकहरुको नाफा घटेको छ,’ उनले भने, ‘एक दशक अगाडि २४ प्रतिशत रहेको लगानीको प्रतिफल ११ प्रतिशतमा झरेको र गत आर्थिक वर्षको नाफाबाट बैंकहरुको औसत लाभांश १० प्रतिशतमा झरेको छ ।’

कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले घरजग्गाको कारोबारमा मन्दी आउँदैमा बैंकहरु समस्या पर्छन् भन्नु गलत भएको बताए ।

हाल बैंकहरुको खराब कर्जाको दर २.२९ प्रतिशत पुगेको छ । केही समय अघिसम्म जम्मा १.५ प्रतिशत हाराहारी रहेको खराब कर्जा (एनपीएल) अस्वभाविक रुपमा बढ्नुले बैंकहरुमाथि जोखिम बढेको संघले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्