प्रणाली मर्मत गर्दै सानिमा बैंक, मंगलबार राती सेवा अवरुद्ध हुने

काठमाडौं । मंगलबार (फागुन २२ गते) राती सानिमा बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको प्रणाली मर्मत गर्न लागेकाले एटीएम लगायत,पिओएस, इ–कम लगायतका सेवा बन्द हुने भएको हो ।
बैंकको आज राती ११ बजेदेखि ११:३० बजेसम्म प्रणाली मर्मत गर्ने भएकाले सेवा अवरुद्ध हुन सूचना मार्फत जानकारी गराएको छ ।