प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषलाई सिटिजन्स बैंकको २५ लाख सहयोग « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषलाई सिटिजन्स बैंकको २५ लाख सहयोग



काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।

शहरी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

समाहरोमा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ ,बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शिग्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ । घटनाबाट प्रभावित प्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैँकले यसअघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप १ करोड प्रदान गरेको थियो ।

कर्णाली प्रदेशको जाजरकोटमा गत वर्षको कात्तिकमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग प्रधान गरेको थियोे ।

बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्