माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शत्रुघन केसीको नाममा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरिदका लागि सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल सन्धाराको सेयर विभागमा दिन सक्नेछन् ।

तर, तोकिएको सो अवधिमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्