प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको डेढ करोड सहयोग
काठमाडौं । कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले लगायत उपस्थित थिए ।
अविरल वर्षासँगै गएको बाढी पहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उ्त्तरदायित्व अन्तर्गत सो बराबरको रकम सहयोग गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरेकामा बैंकलाई धन्यवाद दिए ।