सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, पारित गर्यो लाभांश
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १८औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले यो वर्ष आफ्ना सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । सभाले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोही सभाले गत आव २०८०–८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।
बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८०–८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
बैंकले हाल देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।